FLASH NEWS
  • Loading...

एमाले एकताको लागि रावलको दौडधुप राष्ट्रपति र अध्यक्ष ओलीसँग भेटवार्ता

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ११६ पटक पढिएको
एमाले एकताको लागि रावलको दौडधुप राष्ट्रपति र अध्यक्ष ओलीसँग भेटवार्ता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

राष्ट्रपति र अध्यक्ष ओलीसँगको भेलगत्तै नेकपा एमालेको आज बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रहमा आजको बैठक स्थगित भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएका थिए। पार्टीको आन्तरिक विवाद मिलाउन आजको बैठक नेपाल पक्षको आग्रहमा सोमबार बस्नेगरी अध्यक्ष ओलीले स्थगित गर्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित