FLASH NEWS
  • Loading...

एमाले एकता प्रयास : माधव पक्ष लचिलो भएपछि आजको केन्द्रीय कमिटी बैठक स्थगित

  • गोल्डेन खबर
  • ३ साल अघि
  • १०२ पटक पढिएको
एमाले एकता प्रयास : माधव पक्ष लचिलो भएपछि आजको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक भोलिलाई सरेको छ ।

केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङका अनुसार भोलि बिहान ११ बजे स्थयी कमिटी बस्ने र तीन बजे केन्द्रीय कमिटी बस्ने भएको छ ।

एमाले स्रोतका अनुसार पार्टीको विवाद समाधानका बिषयमा माधव नेपाल पक्ष केही लचिलो भएकोले त्यसमा थप छलफल गर्नका लागि आजको बैठक स्थागित गरिएको हो । विघटित कार्यदलका सदस्यहरुले यस विषयमा हिजो पनि छलफल गरेको र आज पनि छलफल गरेर अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटघाट गराउन अन्तिम कसरत गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित