Radio Golden Live..

तिनैजनाको सभापतिमा जित्ने दाबी

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान सुरु भएसँगै केही शीर्ष नेताहरूले मतदान गरेर बाहिरिसकेका छन् भने केही शीर्ष नेताहरू लाइनमा छन् । मतदान पश्चात सभापतिका प्रत्यासीहरुको प्रतिक्रिया

डा. शेखर कोइराला
दोस्रो चरणमा हामी जाँदै जाँदैनौं ।’ नेपाली कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफूले चुनाव जित्ने दाबी गरेका छन् ।
चार वर्षको कांग्रेस सभापतिको कार्यकालमा पार्टीको विचार, संगठन, नेतृत्वमा नयाँधार र नयाँपन ल्याउने विश्वासको साथ आफ्नो उम्मेदवारी दिएको दाबी गरेका छन् ।
कांग्रेस पार्टीका अगुवा कार्यकर्तालाई राजनीतिक विचारबाट दिक्षित गर्न पार्टी विधानअनुरुप राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता कांग्रेसका आदर्शहरु प्रति निष्ठावान बनाउने अभियान चलाउने बताएका छन् ।
कोइरालाको प्यानलबाट महामन्त्रीमा गगनकुमार थापा, डा. मीनेन्द्र रिजाल छन्। यस्तै उपसभापतिमा धनराज गुरुङ र डा. चन्द्र भण्डारीले मनोनयनपत्र दर्ता गरेका छन् ।
नेतृत्व परिवर्तन सबैले चाहेका छन्, सभापति बन्छु ः प्रकाशमान सिंह

This image has an empty alt attribute; its file name is Sher-Bahadur-Deuba-and-Prakashman-Singh-768x452-1.jpg



‘पार्टीको रुपान्तरणका लागि जित्छु । नेतृत्व परिवर्तन सबैले चाहेका छन्। नेतृत्व परिवर्तन सबैले चाहेको भन्दै सभापतिमा विजयी हुने दाबी गरेका हुन् ।
निधिले भनेः मेरो माहोल राम्रो छ, उत्साहित छु

This image has an empty alt attribute; its file name is images-1.jpg


‘मेरो माहोल राम्रो छ । म उत्साहित छ ु ।

एकदम हौसला मिलेको छ । नयाँ अनुभव पनि भयो ।’
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]