FLASH NEWS
- Loading...
सत्तासाझेदार गठबन्धनको बैठक सुरु
- गोल्डेन खबर
- ३ साल अघि
- १११ पटक पढिएको


अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मा सहमति खोज्न प्रधानमन्त्रीले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । आज ४ बजेका लागि बोलाइएको बैठकमा विपक्षी दल एमालेबाट लगातार अवरुद्ध संसद् खोल्ने र एमसिसीबारे साझा धारणा बनाउने एजेन्डा छन् । त्यसअघि गठबन्धनमा यी विषयहरूमा छलफल गर्न लागिएको हो।
एमसीसीबारे काँग्रेस कि पछि हट्नुपर्छ कि उसले गठबन्धनका माओवादी र एसलाई मनाउनुपर्छ । सबै मानेमा राजनीति सामान्य ढंगले बढ्न सक्छ । तर, काँग्रेस पारित गर्ने पक्षमा अडिग रहेमा र अरु नगर्ने पक्षमा अडिग रहेमा वार कि पारमा जानसक्छ । त्यतिबेला सत्ता गठबन्धन भत्कन सक्छ ।
एमसीसी पारित गर्न गठबन्धनभित्र असहमतिका बाबजुद काँग्रेस बढेमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका कस्तो हुने भन्ने चासो बढिसकेको छ । एमसीसीले धेरै उथलपुथल ल्याउने छाँट देखिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस