FLASH NEWS
- Loading...
एमालेको नाराबाजीकै बीच दुई वटा अध्यादेश स्वीकृत
- गोल्डेन खबर
- ३ साल अघि
- १३१ पटक पढिएको


आजको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । दुवै अध्यादेशलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेस गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधकै बीच आजको प्रतिनिधि सभा बैठक सञ्चालन गरिएको हो । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले बेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक–पटक आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी जारी राखेका थिए । त्यसपछि सभामुख सापकोटाले बैठक अगाडि बढाउनुभएको थियो ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उहाँको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदनमा अवरोध गर्दै आएका छन् । अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस