- Loading...
ने.क.पा. माओवादी स्थायी कमिटीको बैठक जारी
- गोल्डेन खबर
- ३ साल अघि
- १४७ पटक पढिएको


काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक काठमाडौंको प्रज्ञा भवन कमलादीमा जारी छ। बैठकमा क्लस्टरअनुसार सदस्यको चयन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
स्थायी कमिटी बैठकलगत्तै आज बिहान ११ बजे बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा नेता देव गुरुङले विधानमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् । गुरुङले जवाफ दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ ।
माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेका लागि बन्दशत्र स्थगित गरिएको थियो ।
विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादी आजै नेतृत्व चयनको प्रक्रियामा जाने छ ।