FLASH NEWS
  • Loading...

‘हाइप्रोफाइल’ का २२० विरुद्ध पक्राउ पुर्जी

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ११५ पटक पढिएको
Post Thumbnail

सीआईबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले २ सय २० जना ‘उच्च पदस्थ’विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला अदालतले यसै साता २ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बतायो। ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी मुद्दा चलाउने अन्तिम तयारी गरेको छ। अनुसन्धानका लागि सीआईबीले जिल्ला अदालतसँग पक्राउ पुर्जीका लागि आग्रह गरेको थियो। सीआईबीको आग्रहमा जिल्ला अदालतले ‘हाइप्रोफाइल’ का २ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बतायो। क–कसलाई पक्राउ पुर्जी जारी गरिएको छ भन्नेमा सीआईबी मौन छ। ललिता निवास जग्गा हिनामिनामा उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, व्यापारी र भूमाफिया संलग्न रहेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको थियो।

सीआईबीले ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याएको छ। जसमध्ये १ सय ३६ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ। पक्राउ पुर्जी जारी भएपछि उक्त प्रकरणमा संलग्न भनिएका तत्कालीन भौतिक योजना मन्त्रालयका सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात ‘सम्पर्क बाहिर’ रहेको स्रोतले बतायो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित