- Loading...
प्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास बालकोटमा
- गोल्डेन खबर
- ३ साल अघि
- ११४ पटक पढिएको


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने भएको छ ।
प्रधानमन्त्री भएपछि देउवा आफै पहिलोपटक प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् । सत्ता गठबन्धन दलमा एमालेले निरन्तर संसदमा गरिरहेको अवरोधलगायत अन्य साझा धारणा बनाउनु पर्ने विषयमा गरिरहेको असहयोग अन्त्य गरी सहमतिको खोजी प्रयास गर्ने उद्देश्यले देउवा बालकोट पुगेका हुन् ।
सत्ता गठबन्धन दलमा यसअगाडि नै आवश्यक परे प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली निवासमै पुगेर भेट गर्ने गरी छलफल चलिरहेको बताएका थिए । हामी ओलीलाई भेट्नै गएर भए पनि निकास खोज्ने प्रयासमा छौँ भनेर प्रचण्डले केही समयअगाडि सार्वजनिक रुपमा बताएका थिए ।
यसका साथै बुधबार सत्ता गठबन्धन दलको राजनीतिक संन्यत्रका संयोजक रामचन्द्र पौडेलले ओलीलाई बालकोट पुगेर संसदको जारी अवरोध खोल्न र एमसीसी पारित गराउन सहयोग गर्न आग्रह गरेका थिए । तर, ओलीले प्रधानमन्त्रीले आफूसँग सल्लाह नै नगरेको बताएका थिए । त्यसपछि बिहीबार र शुक्रबार दुई दिन सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संन्यत्रको बैठकमा यस विषयमा छलफल भएको थियो ।
शुक्रबारको संन्यत्रको बैठकमा प्रधानमन्त्रीले नै ओलीलाई एक पटक भेटेर निर्णायक छलफल गर्ने निर्णय भएको थियो । त्यही निर्णयका आधारमा प्रधानमन्त्री देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।