Radio Golden Live..

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण


काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट देखिएको जनाएको छ । योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा.संगीता मिश्राले जानकारी दिएकी छन् ।
हाल बिश्वब्यापीरुपमा फैलिरहेको ओमिक्रोन नेपालमा हालसम्मको उपलब्ध तथाङ्कलाई आधार मान्ने हो भने नेपालमा पनि ओमिक्रोन संक्रमणको रफ्तारलाई बेलैमा सजगता नपनाए जोखिम निक्कै बढ्नसक्ने आङ्कलन स्वास्थ्यकर्मीहरुको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]