Radio Golden Live..

वित्तीय सेवा प्रवाहमा स्वास्थ्य सुरक्षा अपनाउन नेपाल राष्ट्र बैंकको निर्देशन

See the source image


काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा प्रवाहमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन निर्देशन दिएको छ । विश्वव्यापीरुपमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्र बैंकले आवश्यक सुरक्षा मापदण्ड अपनाएर वित्तीय कारोबार सञ्चालन गर्न वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्क रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई नियमित सेवा सञ्चालन गर्नुपर्नेछ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथहरुबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुल्ला राख्न र स्यानीटाइजर लगायतका सामग्रीहरुको व्यवस्था गर्न निर्देशन दिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]