Radio Golden Live..

जनमत पार्टीले राजमार्ग बन्द गरेर गर्‍यो प्रदर्शन


काठमाडौँ, २० माघ। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आज राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन् । उनीहरुले मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै आज बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ । राजमार्गका ठाउँ-ठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
झण्डै एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर जनमत पार्टी आन्दोलन गरिरहेको छ।

किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूको भनाई छ । राजमार्ग क्षेत्रमा प्रहरी पनि परिचालन गरिएका छन् । विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टीले किसान आन्दोलन गरिरहेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]