- Loading...
सत्ता गठबन्धनको बैठकमा एमसीसी अनुमोदनमा सहमति जुटेकोमा प्रधानमन्त्रीको धन्यवाद
- गोल्डेन खबर
- २ साल अघि
- १२९ पटक पढिएको


सत्तागठबन्धनको राजनीतिक संयन्त्रको बैठक सकिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीति र एमसिसीका विषयमा छलफल भएको छ ।
बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदनपछि बसेको पहिलो गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनको विषयमा छलफल भएको छ । ’चार दलको बैठकमा एमसीसी अनुमोदनका लागि सहमति जुटेकोमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
विकसित राजनीतिक परिस्थितिमा सरकार, गठबन्धनको भूमिकाको विषयमा छलफल केन्द्रीत भयो । ’, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । एमसिसी सदनबाट अनुमोदन भएपश्चात् उत्पन्न परिस्थितिले सकारात्मक सन्देश प्रवाह भएको बैठकले निष्कर्ष निकालेको छ । यसले नेपाल-अमेरिकाबीचको वैदेशिक सम्बन्धलाई थप प्रगाढ बनाएको गठबन्धनको ठहर गरेको पनि बताउनुभएको छ ।
खासगरी, एमसीसी परियोजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयोग फिर्ता जाने बताउनुहुँदै मन्त्री कार्कीले यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको पनि बताउनुभयो ।
सार्वभौम संसदमा अवरोध छ, जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, हवाई उड्डयन जस्ता विधेयकहरु छन्, संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा छलफल केन्द्रीत भएको उहाँको भनाइ छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीलगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।