FLASH NEWS
  • Loading...

सिंहदरबारको अधिकार वडालाई छ भन्नु हावादारीमात्र

  • गोल्डेन खबर
  • २ साल अघि
  • १३५ पटक पढिएको
Post Thumbnail

मेरो कार्यकालको सही मूल्याँकन गरेको हुनसक्ने भन्दै अबको कार्यकालमा थप उर्जासहितको काम गर्नेमा प्रतिबद्ध रहेको जिकिर गरेका छन्

बैसाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एककृत समाजवादी)को कामनपा वडा नम्बर ३ स्थानीय तह निर्बाचनमा मत माग्न घरदैलो अभियानमा सकृय छ ।

बिगतका निर्बाचनहरुमा वडाध्यक्षको रुपमा बिजयी भएका बिकासप्रेमी नेता दिपक के.सी. राजिव भारी, रमेश कँडेल, साबित्री महर्जन (प्रजापती) को समुह लिएर पुन: उक्त वडाको वडाध्यक्षको लागि पार्टीको प्रतिनिधिको रुपमा अगाडी आएका छन् ।
बिकास निर्माण सँधै एक कदम अगाडी रहेको काठमाण्डौ महानगर पालिका वडा नं.–३ लाई २०४९ साल देखि निरन्तर बडा अध्यक्षको पदभार सम्हाली प्रत्येक वडावासीको चाहना बमोजिम बिकास, पूर्वाधार बिकास, धार्मिक तथा साँस्कृतिक क्षेत्रको संरक्षण, स्वास्थ्य, शिक्षा, सार्वजनिक उद्यान, दमकल, सि.सी. क्यामेरा, खेलकुद, बिपत ब्यवस्थापन, बोटे, ढलनिकास, खानेपानी, बृक्षारोपण लगायतका क्षेत्रमा कार्य गरेको र गरिरहने प्रतिबद्धता दोहर्‍याउँछन् ।

राजनीतिमा आउने, लाभको पद लिनेलाई शिक्षाको मापदण्ड तोक्नुपर्छ भन्ने बिचार राख्ने नेता ढकाल वडाध्यक्ष बन्न कम्तिमा स्नातक तह, मेयर बन्न स्नातकोत्तर अध्ययन गर्नुपर्ने विचार राख्छन् । उनले ठेक्कापट्टाको काम गर्न इन्जीनियर हुनुपर्ने तर्कपनि गोल्डेनखबरसँग राखेका छन् ।
उनले अब संसार तानाशाही तरिकाले नचल्ने बरु जनताको मन जितेर अगाडी बढ्नुपर्ने बेला आएको बताए । उनले आफ्नो कार्यकालमा वडाबासीले कम्तीमा हाम्रो पनि एण्टा जनप्रतिनिधि छ भन्ने गर्व गर्ने स्थान दिन आफु सफल भएको बताए ।

वडाध्यक्ष बनेपछि काम के गर्नुभो भन्ने प्रश्नको जवाफमा लामो समय निर्बाचन नहुँदा स्थानीय जनता स्थानीय तहको महत्व बिर्सिसकेको अवस्थामा स्थानीयस्तरमा आफुले जनभावना अनुसार काम गरेको बताए ।
उनले जनता अमेरिका, अष्ट्रेलीया गएर मजदुर काम गर्न हुने तर यहाँ नहुँने ? भन्ने प्रश्न गर्दैै काम सानो ठूलो नहुने र सबै कामको सम्मान गर्नुपर्ने बताए ।
उनले ब्यवहारिक शिक्षा जरुरी भएको भन्दै अमेरिका वा बिदेश जानेमात्र शिक्षाले जनतालाई घाटा नभएको बताए । उनले जनतालाई देशको माया हुनुपर्ने भन्दै भ्रष्टाचार हुने, बाटो, बिजुली, खानेपानीको समस्याका बारेमा जनतालाई चासो हुनुपर्ने बताए ।
पेपरलेस प्रणालीलगायत सबै डिजिटल प्रणालीमा मुलुक जानुपर्ने भन्दै सबै पारदर्शीताका लागि लाग्नुपर्ने बताए ।
आफु निर्बाचित भएपनि नभएपनि सिंहदरबारको अधिकार वडामा ल्याउन लागिपर्ने भन्दै अहिले भने सिंहदरबारको अधिकार वडालाई छ भन्नु हावादारीमात्र भएको बताए । वडाले पहिलाभन्दा धेरै जनतालाई राहत दिएको भन्दै ठूलो परिवर्तन भएको भन्ने भन्न नहुने बताए ।


नगरपालिका सुधार्न केही कुराहरु मिलाउनुपर्ने भन्दै धेरै गर्न बाँकी रहेका कार्यहरु पुरा गर्न पुन: वडाध्यक्षको उम्मेद्वार हुनुपर्ने बाधयता भएको बताए ।
उनले केन्द्रीय राजनीतिको बारेमा गठबन्धनबारे के भन्नुहुन्छ भन्दा सहमती, सहकार्यलाई अगाडी बढाउँदै हिँड्ने मिलेर अगाडी बढ्नुपर्ने रणनीति अनुसार हिड्ने परम्परा नै गठबन्धन भएको र त्यो राम्रो भएको बताए ।
काठमाडौं महानगरपालिकाको उपमेयरको टिकट रामेश्वर श्रेष्ठ पनि यसै पार्टीको भएकोले एकिकृत समाजवादीलाई न्याय दिन मेयरमा नेता श्रेष्ठ नै विजयी हुनुपर्ने विचार राख्दै काठमाडौं महानगरका ३२ वटै वडा र महानगरका जनताले सबैतिर नेपाल कम्युनिष्ट पार्टी (एकिकृत साजवादी) लाई बिजय गराउँदै लोकतन्त्र, देश र जनताप्रति न्याय गर्ने विचार ब्यक्त गरे ।
काठमाडौंको वडा नम्बर ३ मा स्थानीयले वडाध्यक्षको प्रशंसा गरेको सुनिन्छ नि भन्ने प्रश्नमा आफुले स्थानीयको हितमा काम गरेकाले उहाँहरुले मेरो कार्यकालको सही मूल्याँकन गरेको हुनसक्ने भन्दै अबको कार्यकालमा थप उर्जासहितको काम गर्नेमा प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित