Radio Golden Live..

चुनाव चिन्ह कलम नै गायव

काठमाडौं, बैशाख २५ । आगामी बैशाख  ३० मा सम्पन्न हुने स्थानीय निर्वाचन २०७९मा राजनीतिक  दलहरूले प्रचार-प्रसार गर्ने शैली फरक-फरक हुने भएता पनि ने•क•पा• एमालेले नमूना मतपत्रमा आफ्नो  प्रतिद्वन्द्वी ने•क•पा•समाजवादीको चुनाव चिन्ह कलम हटाई फरक तरिकाले प्रचार-प्रसार गरेको छ ।

निर्वाचन आयोगले जारी गरेको आचार-संहिता बिपरित गरेको प्रचार-प्रसारलाई ने•क•पा•समाजवादी काठमाडौं महानगर पालिका वडा नं-३ ले घोरआपत्ति जनाएको छ । दुध गुनाको बल, संगत गुनाको फल भन्ने उक्तिलाई चरितार्थ गरेको टिप्पणीसमेत गरेको छ ।

यस्तो निन्दनीय कार्यलाई निर्वाचन आयोगले कार्वाही गर्नुपर्ने प्रेस बिज्ञप्ति जारी गरि माग गरेको छ । कामपा-३मा आफ्नो पराजय हुने निश्चितप्राय भएपछि मतदातालाई बिभिन्न प्रलोभनमा पार्न उन्मुख भएको समेत उल्लेख गर्दै बिज्ञप्तिमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराइएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]