Radio Golden Live..

काठमाडौं महानगर कार्यपालिकामा कांग्रेसको बहुमत, माओवादी पनि भित्रियो

काठमाडौं। काठमाडौं महानगरको कार्यपालिकामा नेपाली कांग्रेसले बहुमत जुटाएको छ । राष्ट्रियसभा गृहमा मंगलबार भएको निर्वाचनबाट कार्यपालिकामा ८ सदस्य निर्वाचित भएका छन् ।

कार्यपालिकामा कांग्रेसका ६, माओवादी केन्द्र र एकीकृत समाजवादीका १,१ उम्मेदवार निर्वाचित भएका छन् । योसँगै ४२ सदस्यीय कार्यपालिकामा कांग्रेसले बहुमत हासिल गरेको छ । कांग्रेसबाट १९ जना निर्वाचित वडाध्यक्ष यसअघि नै कार्यपालिकामा आइसकेका छन् ।

एमालेबाट उपमेयरसहित १३ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्ने छन् । एकीकृत समाजवादीका एक निर्वाचित वडाध्यक्षसहित २ र माओवादीका १ जना कार्यपालिकामा आएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]