Radio Golden Live..

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ को मृत्यु, ११ जना घाइते

काठमाडौ। जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको बिहान भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नम्बर ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह घाइते भएको प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]