Radio Golden Live..

फेरि बढ्यो यातायातको भाडा

काठमाडौं । देशवासी मूल्यवृद्धिको मारमा परिरहेको बेला सरकारले यातायातको भाडा फेरि बढाएको छ। यातायात व्यवस्था विभागले शुक्रबार सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ।

यसअघि ११ जेठमा यात्रु बाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो। अहिले यात्रु बाहकको २ दशमलव ५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३ दशमलव ३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३ दशमलव ७ प्रतिशतले बढेको छ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो। निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो। विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]