Radio Golden Live..

एसपीपी अस्वीकार गर्न अमेरिकालाई पत्र पठाउने सरकारको निर्णय

फाइल तस्बिर

काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्न अमेरिकालाई पत्र पठाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विवादित एसपीपी अस्वीकार गर्न अमेरिकालाई पत्र पठाउने निर्णय गरेको छ ।

विवादित एसपीपी अस्वीकार गर्न अमेरिकालाई पत्र लेख्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार असंलग्न परराष्ट्र नीति अपनाइरहेको नेपाल कुनै पनि सैन्य गठबन्धनमा जान नसक्ने निष्कर्षसहित एसपीपी अस्वीकारको निर्णय भएको हो।

२०७२ असोजदेखि अघि बढाइएको एसपीपी सम्झौता पछिल्लो समय नेपालमा चर्को विवादमा परेको थियो। जेठ अन्तिम अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण गरेपछि एसपीपी सम्झौता झन् विवादित बनेको हो ।

मन्त्री आलेको विवाद छानविन हुने

मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र नेपाल वायुसेवा निगमका अध्यक्षबीच भएको विवाद छानविन गर्ने निर्णय गरेको छ। त्यसको लागि एक समिति गठन समेत भएको स्रोतले जनाएको छ ।

मन्त्री आले र निगमका अध्यक्ष युवराज अधिकारीबीच विवाद भएको अडियो असार ३ गते बाहिरिएको थियो। अध्यक्ष अधिकारीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री आले विवादमा पर्नुभएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]