Radio Golden Live..

प्रचण्डको कारण नेकपा फुट्यो : गौतम

काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पुष्पकमल दाहाल प्रचण्डको कारण नेकपा फुटेको बताउनु भएको छ ।

नेता गौतमले शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एकता जोगाउन अन्तिमसम्म आफूले धेरै प्रयत्न गरेको तर नसकेको बताउनु भयो ।

नेता गौतमले नेकपा फुट्नुमा आफ्नो पनि कमजोरी रहेको स्वीकार्नु भएको छ । ‘धेरैजसोले वामदेवकै कारण विभाजित भयो भन्ने आरोप लगाउनुहुन्छ’ उहाँले भन्नुभयो( ‘मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु। वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुहुन्छ, त्यो साँचो हो । एकता जोगाउन म कस्सिएर लागेको भए नेकपा फुट्दैन्थ्यो । अहिले पछुतो लागेको छ । म आत्मालोचित भएको छु।’

तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको खण्डमा त्यतिबेला नेकपा एकता जोगाउन सक्ने अवस्था रहेको गौतमले सुनाउनु भयो । ‘यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपर्थ्यो, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन, उहाँले भन्नुभयो, मैले पनि गर्न सकिनँ। मैले पार्टी विभाजन हुन्छ भने कल्पनै गरिनँ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]