FLASH NEWS
  • Loading...

हलमा आजदेखि शुरु भो ‘घनचक्कर’

  • गोल्डेन खबर
  • २ साल अघि
  • १७६ पटक पढिएको
हलमा आजदेखि शुरु भो ‘घनचक्कर’


काठमाडौं । नेपाली चलचित्र ‘घनचक्कर’ आजदेखि प्रदर्शन भएको छ। ‘घनचक्क निर्माण शुरु भएको ४ वर्षपछि देशभरका सिनेमा हलमा प्रर्दशन गरिएको हो।

घनचक्करमा सौगात मल्ल, सलोन बस्नेत, जेबी डीसी, आशान्त शर्मा लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्र जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन्। हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित