FLASH NEWS
- Loading...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै
- गोल्डेन खबर
- २ साल अघि
- ११५ पटक पढिएको

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौंमा बस्दैछ।
गठबन्धनको अवस्था, स्थानीय निर्वाचनको समीक्षा र पार्टीको आगामी कार्य योजना लगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
बैठक बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे शुरु हुने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
एकीकृत समाजवादीमा केही सातायता मन्त्री हेरफेरको निर्णयले विवाद भएको छ । आइतबारसम्म चल्ने बैठकमा त्यसबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस