FLASH NEWS
  • Loading...

अर्थमन्त्री विवादले माओवादी बैठक स्थगित

  • गोल्डेन खबर
  • २ साल अघि
  • ११८ पटक पढिएको
अर्थमन्त्री विवादले माओवादी बैठक स्थगित

काठमाडौं। स्थानीय निर्वाचनको समीक्षासहित पार्टीको आगामी रणनीति तय गर्न १९ गतेदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक विभिन्न पक्षमा छलफल चलिरहेकै बेला अकस्मात् स्थगित भएको छ ।

आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ । प्रवक्ता महराका केन्द्रीय समिति बैठक बुधबार १ गते बस्नेछ ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने र समापन गर्ने तय भएको थियो । यो कार्यसूची अब बुधबारका लागि सरेको छ । पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए ।

अर्थमन्त्री विवाद प्रकरणको कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्माको सीसीटिभी फुटेज प्रकरणले अध्यक्ष दाहाललाई अप्ठयारो पर्ने स्थिति देखिएपछि बैठक तत्कालको लागि स्थगित गरिएको हो । अर्थमन्त्री शर्माको पछिल्लो समय पार्टीभित्रै आलोचना भइरहेको छ ।।शर्मा अर्थमन्त्री भएदेखि पटक पटक विवादमा परेको र त्यसले माओवादी केन्द्रप्रति जनतामा नकारात्मक धारणा पैदा भएको भन्दै दोस्रो तहका केही नेताले उहाँलाई पदबाट तत्कालै राजीनामा गराउन अध्यक्ष दाहाललाई दबाब दिइरहेका छन् । तर अध्यक्ष दाहालले भने शर्माविरुद्धको आवाज नसुने जस्तो गरी, उहाँलाई अर्थमन्त्रीमा जोगाउँदै आउनुभएको छ ।

मन्त्रालयको सीसीटिभी फुटेज डिलिट गरेपछि अर्थमन्त्री शर्माको अहिले सर्वत्र आलोचना भइरहेको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले त्यही प्रकरण उठाएर शर्माको राजीनामा माग्न सक्ने स्थिति बनेपछि अध्यक्ष दाहालले बैठक स्थगित गराउनु भएको स्रोतको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित