FLASH NEWS
- Loading...
चितवनमा चट्याङ लागेर १४ जना रोपाहार घाइते
- गोल्डेन खबर
- २ साल अघि
- २२७ पटक पढिएको

काठमाडौं।। चितवनमा चट्याङ लागेर रोपाहार घाइते भएका छन् । कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहारलाई चट्याङ लागेको हो ।
कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य ९ जना गएराति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते ५ जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस