FLASH NEWS
  • Loading...

माओवादी बैठक शुरु, पदाधिकारी आजै टुंग्याइने

  • गोल्डेन खबर
  • २ साल अघि
  • १११ पटक पढिएको
माओवादी बैठक शुरु, पदाधिकारी आजै टुंग्याइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विवाद र केन्द्रीय पदाधिकारीमा भागबण्डा नमिल्दा केहीदिनदेखि रोकिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु भएको छ। आइतबार केही घण्टा बसेर मंगलबार र बुधबार स्थगित भएको बैठक आज बसेको हो ।

केन्द्रीय समितिको आजको बैठकले पदाधिकारी टुंग्याउने नेताहरुले बताएका छन् । नेता वर्षमान पुनले पदाधिकारीको विषय आज टुंगिने दाबी गर्नुभएको छ । माओवादी केन्द्रमा आकांक्षी नेताहरुबीच भागबण्डा नमिल्दा लामो समयदेखि केन्द्रीय पदाधिकारी चयन हुन सकेको छैन ।

पदाधिकारी छिनोफानो गर्न केन्द्रीय समिति बैठक बस्नुअघि आज पनि पूर्वस्थायी समितिका नेताहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो । खुमलटारको छलफलपछि अध्यक्ष दाहाल पदाधिकारीको लिष्ट खल्तीमा बोकेर बैठकमा सहभागी हुनुभएको छ ।

आजको बैठकमा अध्यक्ष दाहालले केन्द्रीय सदस्यहरुले यसअघि उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । बैठकमा जवाफपछि अध्यक्ष दाहालले केन्द्रीय पदाधिकारीको नाम सुनाउने स्रोतले बताएको छ । खुमलटारमा पदाधिकारी टुंगो गरेर केन्द्रीय समिति बैठक समापन गर्ने सहमति भएको नेता हरिबोल गजुरेलले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित