- Loading...
सरकारले नागरिकता विधेयक प्रतिनिधिसभाबाट फिर्ता लिने
- गोल्डेन खबर
- २ साल अघि
- ९७ पटक पढिएको

काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने भएको छ। नागरिकता विधेयक प्रतिनिधिसभा बैठकबाट फिर्ता लिन लागेको हो । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
सरकारले विधेयक प्रतिनिधिसभाबाट फिर्ता लिएर फास्ट ट्र्याकबाट अघि बढाउने योजना बनाएको छ । राज्य व्यवस्था समितिले नागरिकता सम्बन्धी विधेयकको छलफल टुंगो लगाएर प्रतिवेदन छलफलको लागि प्रतिनिधिसभामा बुझाएको थियो। प्रतिवेदनमा वैवाहिक अंगिकृत नागरिकता लिन चाहने व्यक्तिले नेपालमा निरन्तर ७ वर्ष बसोबास गरेको हुनुपर्ने उल्लेख गरिएको छ । उक्त प्रावधानको मधेश केन्द्रित दलका सांसद र नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका थिए।
राज्य व्यवस्था समितिबाट विधेयक बहुमतको आधारमा अघि बढाइएको हो। २०७५ सालको साउन २८ प्रतिनिधि भामा प्रस्तुत भएको नागरिकता सम्बन्धी विधेयक २०७७ साल असार ९ गते राज्य व्यवस्था समितिले संशोधन गरेर प्रतिनिधि सभामा पारित गर्नका लागि पुर्याएको थियो। सरकारले विधेयक फिर्ता लिने भएपछि सांसदहरूको २ वर्ष भन्दा लामो समयको छलफल समेत अर्थहीन भएको छ।