फाइल तस्बिर
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।
मुख्यसचिव पौडेलका अनुसार समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो। प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो ।
कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ। कांग्रेसमा पदाधिकारी संख्या १४ छ। तर कोषाध्यक्ष मनोनीत हुन बाँकी छ।
निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापति देउवाले कोषाध्यक्ष मनोनित गर्नुपर्ने भए पनि अहिलेसम्म चयन गर्नुभएको छैन। विधानअनुसार छ महिनाभित्र मनोनीत गरिसक्नुपर्छ।