Radio Golden Live..

आईसीसी क्रिकेट: आज नेपाल क्यानडासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले क्यानडामा घरेलु टोलीसँग दुई एकदिवसीय खेल खेल्ने तालिका छ । पहिलो एकदिवसीय खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो । यसघि नेपालले क्यानडामा दुई अभ्यास खेल खेलेको थियो । एकदिवसीय र ट्वान्टी–२० दुबै अभ्यास खेल नेपालले जितेको थियो ।

किङ सिटी रंगशालामामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार खेल्नेछ । क्यानडाविरुद्धको खेलपछि नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नका लागि स्कटल्यान्ड जानेछ । त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्यान्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]