Radio Golden Live..

नागरिकता विधेयक प्रतिनिधिसभाबाट फिर्ता गरायो

काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक सरकारले फिर्ता गरेको छ । प्रतिनिधिसभामा विचाराधीन रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सरकारले फास्ट ट्रयाकबाट अघि बढाउन फिर्ता लिएको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक फिर्ता लिनुभएको हो । नागरिकता विधेयक केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा छलफलको लागि दर्ता गरेको हो ।

विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पठाइको हो। प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेकै अवस्थामा सरकारले विधेयक नै फिर्ता लिएको हो। सत्तारुढ ५ दलीय गठबन्धनबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिइएको हो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]