काठमाडौं । पाल्पामा बस दुर्घटनामा परी ६ जनाले जीवन गुमाएका छन् । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा बसका चालक पनि घाइते भएका छन् ।