Radio Golden Live..

विवादित नागरिकता विधेयक पुनः पारित गराउन प्रक्रिया अघि बढाइँदै


काठमाडौं
। राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएपछि प्रतिनिधिसभाले पुनः पारित गरेको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पुनः पारित गराउन आज प्रक्रिया प्रारम्भ गरिँदैछ।

दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने भएका हुन्।

यसैगरी आजको बैठकमा उनले नेपाल नागरिकता (पहिलो संशोधन), विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पनि सुनाउने कार्यसूची छ। यसपछि नागरिकता विधेयक छलफलमा जान्छ र पारित प्रक्रिया अघि बढ्छ।

राष्ट्रियसभाले पारित गरेपछि विधेयक प्रमाणीकरणका लागि पुन राष्ट्रपतिकहाँ पठाइन्छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]