FLASH NEWS
  • Loading...

के हुँदैछ ‘छक्का पन्जा ४’? दीपक र दीपा नै अन्यौलमा

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२७ पटक पढिएको
के हुँदैछ ‘छक्का पन्जा ४’? दीपक र दीपा नै अन्यौलमा

काठमाडौं । प्राय आफ्ना फिल्म दसैंमा रिलिज गर्ने दीपकराज गिरी, दीपाश्री निरौलाको टिमले ‘छक्का पन्जा ४’ बनाएको छ।

छायांकनमा जानु अघि दसैंलाई नै रिलिज मिति पक्का गरेको यो फिल्मले अहिले भने प्रदर्शनका लागि मिति तय गर्न सकेको छैन्।

दसैं छोडेर तिहारमा फिल्म रिलिजको तयारीमा दीपक दीपा लागेका छन्। उनीहरु कार्तिक ४ मा फिल्म प्रदर्शनका लागि छलफलमा रहेका छन्।

भदौबाट छायांकनमा गएको फिल्मको सम्पूर्ण छायांकन अझैं सकिएको छैन। कार्तिक ४ मा फिल्म रिलिजका लागि छलफलमा बसेपनि फिल्मको सम्पूर्ण काम सकिन्छ सकिदैन भन्ने कुरामा निर्माण पक्ष नै अन्यौलमा छ।

राजनीतिक विषयलाई केन्द्रमा राखेर निर्माण भैरहेको फिल्म निर्वाचन अघि नै रिलिज गर्नुपर्ने दवाबमा दीपक छन्। कार्तिक ४ मा फिल्म रिलिज गर्न नसकेको खण्डमा फिल्म अर्को दसैंमा मात्रै रिलिज गर्ने सोचमा दीपक दीपाको टीम रहेको छ।

हेमराज बिसीले निर्देशन गरिरहेको यो फिल्ममा दीपक दीपाका साथमा केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारले अभिनय गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित