Radio Golden Live..

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै छ। भोलि असोज १ गतेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिएने भएकोले आजको बैठक अन्तिम हुने भएको हो ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकका लागि सम्भावित कार्यक्रम तय गरिएको छ।

सचिव योगीले जारी गरेको विज्ञप्तिअनुसार आजको बैठकमा शुक्रबार प्रतिनिधि सभामा उत्पति भएका पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिनेछ।

सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने आजको सम्भावित कार्यक्रममा छ।

आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७र०७८’ पेस गर्ने कार्यक्रम छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]