Radio Golden Live..

नेपाल भ्रमण सकेर फर्किए चिनियाँ सभामुख ली

काठमाडौं । चिनियाँ सभामुख लि चान्सु ४ दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरी फर्केका छन्।

सभामुख अग्नि सापकोटा, संघीय संसद र परराष्ट्र मन्त्रालयका अधिकारीले ली नेतृत्वको चिनियाँ टोलीलाई विमानस्थलमा बिदाइ गरे। २७ गते काठमाडौं आइपुगेका सभामुख ली ४ दिने नेपाल भ्रमण सकेर फर्किएका हुन्।

ली नेतृत्वको चिनियाँ भ्रमण टोली विशेष विमानबाट बेइजिङ हुँदै दक्षिण कोरिया प्रस्थान गर्नेछ। अध्यक्ष ली काठमाडौं आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए। आएको दिन उनले सभामुख सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

बुधबार दिउँसो लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। त्यसअघि बुधबार बिहान उनले भक्तपुर भ्रमण गरेका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]