FLASH NEWS
  • Loading...

निर्वाचन प्रक्रिया शुरु, समानुपातिक बन्दसूची आजदेखि पेश गरिँदै

  • गोल्डेन खबर
  • २ साल अघि
  • ११७ पटक पढिएको
निर्वाचन प्रक्रिया शुरु, समानुपातिक बन्दसूची आजदेखि पेश गरिँदै

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया आजदेखि शुरुभएको छ। शनिबार रातिदेखि पाँच वर्षे कार्यकाल सकिएपछि आइतबार (२ असोज) बाट निर्वाचन प्रक्रिया शुरु भएको हो।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आजबाट राजनीतिक दलहरुले समानुपातिकको बन्दसूची पेश गर्नपर्नेछ। आयोगले आज र भोलि ( असोज २ र ३ गते) बन्दसूची बुझाइसक्ने कार्यसूची सार्वजनिक गरेको छ।

आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित