FLASH NEWS
  • Loading...

दाहालको निधार खाली, छोरी बुहारी र नाति नातिनालाई लगाइदिए टीका

  • गोल्डेन खबर
  • २ साल अघि
  • १७४ पटक पढिएको
दाहालको निधार खाली, छोरी बुहारी र नाति नातिनालाई लगाइदिए टीका


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दशैंको टीका लगाइदिएका छन्।

काठमाडौंको खुमलटारस्थित प्रचण्ड निवासमा विजया दशमीको टीका लगाइएको हो।

टीका लगाइएको तस्बिर प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सार्वजनिक गरेकी छन्।

तस्बिरमा सबैको निधारमा रातो टीका देखिन्छ भने प्रचण्डको निधार भने खाली।

उनकी पत्नी सीता दाहाल पनि टीका लगाउने समूहमा देखिएकी छैनन्। उनी बिरामी छिन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित