काठमाडौं । पाँचथरको फिदिममा आगलागी हुँदा नन्द, भाउजूको मृत्यु भएको छ।
फिदिम नगरपालिका ८ घमाउनेटारका मेखबहादुर गुरुङको घरमा मंगलबार राति भएको आगलागीमा परी उनका छोरी २२ वर्षीया ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिंह थेबेको हो । उनीहरुको जलेर ज्यान गएको जिल्ला प्रहरीले जनाएको छ।