FLASH NEWS
  • Loading...

उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक: मन्त्री भुसाल

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • १४१ पटक पढिएको
उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक: मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबारबाट शुरुभएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरूमा जोड दिनुपर्ने बताए ।

‘हामीले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक छ, उनले भने, अर्थतन्त्र सबल बनाउन र हाम्रो जीवनलाई स्वस्थ बनाउन पनि हाम्रा आफ्नै खेतबारीमा उत्पादन हुने मौलिक उत्पादनहरूमा जोड दिनुपर्छ । कृषि सामग्रीहरू किन नराख्ने यस्ता महोत्सवमा । भक्तपुरले यस्ता महोत्सवहरूमा आफ्ना मौलिक कृषि उत्पादनलाई प्रस्तुत गर्नुपर्छ ।’

मन्त्री भुसालले महोत्सवको अवलोकन गरेका थिए । भक्तपुर पुग्ने आन्तरिक तथा बाह्य पर्यटक लक्षित महोत्सव आयोजना गरिएको हो । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा १० करोडदेखि १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । ११ दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित