FLASH NEWS
  • Loading...

फ्रान्समा हिमपहिरो, चार जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९४ पटक पढिएको
फ्रान्समा हिमपहिरो, चार जनाको मृत्यु

काठमाडौं । फ्रान्समा हिमपहिरोमा परेर जनाको मृत्यु भएको छ । फ्रान्सको मोन्ट ब्लांक नजिकै आइतबार गएको हिमपहिरोमा चार जनाले जीवन गुमाएको त्यहाँका गृहमन्त्री गेराल्ड डार्मानिनले बताएका छन् ।

डार्मानिनले ट्वीटरमा लेखेका छन्, ुहिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।ु

उनले उक्त स्थानमा करिब एक दर्जन व्यक्ति रहेको सूचनाका आधारमा उद्धार कार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको बताएका छन् ।

एक हजार मिटर लामो र १०० मिटर चौडाइको हिमपहिरोमा परी मृत्यु भएका चार जनाबाहेक अन्य नौ जना पनि उनीहरूसँगै गएको हाउटे–सावोई विभागका अधिकारीले जनाएका छन् ।

हिमपहिरोपछि सम्पर्कमा आउन नसकेका व्यक्तिहरू एक वा धेरै समूहमा ‘ग्लेसियर डी’आर्मनसेट नजिकै हाइकिङ गरिरहेका थिए ।

हिमपहिरो पहिले मेटियो फ्रान्स नामक मौसमसम्बन्धी संस्थाले उक्त क्षेत्रमा हिमस्खलनको चेतावनी जारी गरेको थिएन । राष्ट्रपति इम्यानुएल म्याक्रोँले ट्वीटरमा एक सन्देश लेख्दै घटनाले आफुलाई दुःखी बनाएको बताएका छन् ।

उनले भने, ुयस दुःखको घडीमा हामी मृतकका परिवार र हिम पहिरोमा फसेका नागरिक ९पर्यटक० को उद्धारका लागि चिन्तित छौं ।ु

ुहिउँमा फसेकाहरूको खोजीका लागि हाम्रो आपतकालीन सेवा परिचालन गरिएको छ,ु उनले भने ।

आपतकालिन उद्धारकर्ताहरूले घटनास्थलमा हेलिकप्टरका साथै विशेषज्ञ पर्वतीय उद्धार कुकुरहरू तैनाथ गरेका छन् र अझै पनि त्यस क्षेत्रमा खोजी गरिरहेका छन्, यद्यपि प्रिफेक्चरले थप हिमस्खलनको सम्भावनालाई इन्कार गर्न नसकिने चेतावनी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित