FLASH NEWS
  • Loading...

सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन अन्तरिम आदेश

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९१ पटक पढिएको
सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन अन्तरिम आदेश

काठमाडौं – केही दिनअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले केहि दिन अघि केन्द्रीय सरकार र नेतृत्वप्रति आक्रामक स्टाटस लेख्दै सिंहदरबारको फोहोर उठाउन बन्द गरे ।

काठमाडौंको हितमा सिंहदरबारले काम नगरेको आरोपमा साहको निर्देशनमा सिंहदरबारभित्रको फोहोर उठाउन नै ठप्प भयो । शुक्रबार सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ । यसरी आदेश आउनुपूर्व नै काठमाडौं महानगरपालिका र काठमाडौं महानगरपालिकाको फोहोर विसर्जन गरिँदै आएको धादिङ र नुवाकोटको स्थानीय तहबीच भने नयाँ फाटोको बिउ उम्रिसकेको छ ।

काठमाडौंका मेयर साहले सिंहदरबारको फोहोर उठाउन ठप्प पारिरहेकै बेला धादिङ र नुवाकोटका दुई स्थानीय तहले काठमाडौं महानगरपालिकाकै सिको गर्दै १५ दिनपछि फोहोर रोक्ने चेतावनी दिएका छन् ।

सिंहदरबारको फोहोर उठाउन ठप्प पार्ने प्रमुख साहले यस विषयलाई कसरी सहजीकरण गर्छन् भन्ने चासोको विषयसमेत बन्न पुगेको छ ।

 

बालेन्द्र साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेपछि सर्वोच्च अदालतले फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ । फोहोर विसर्जन गरिँदै आएको धादिङ र नुवाकोटका स्थानीय तहले भने फोहोर रोक्ने चेतावनी दिएका छन्

बन्चरेडाँडावासीसँग भएको सहमति कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकालाई धादिङको धुनीबेंसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले १५ दिने अल्टिमेटम दिएका हुन् । भलै, उनीहरूको यस्ता माग र चेतावनी पहिलो नभएर दर्जनौंपटक आन्दोलन गर्दै सम्झौता गरेर कार्यान्वयन अभावमा अलपत्र पर्दै आएको छ ।

यसपटक काठमाडौं महानगरले सिंहदरबारको फोहोर उठाउन ठप्प पार्दै गर्दा धुनीबेंसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीय झनै कडा रूपमा प्रस्तुत हुने संकेत गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित