FLASH NEWS
  • Loading...

अब विप्लवले क्रन्तिको नेतृत्व गर्नु पर्ने बेला आएको छः कृष्णबहादुर महरा

अब विप्लवले क्रन्तिको नेतृत्व गर्नु पर्ने बेला आएको छः कृष्णबहादुर महरा

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा महासचिव विप्लवले क्रन्तिको नेतृत्व गर्न पर्ने बेला आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधनन गर्दै महराले क्रान्तिका लागि बस्तुगत आवस्यकता भएको भन्दै त्यसलाई विप्लवले नेतृत्व गर्न सक्ने बताएका हुन् ।

उनले विप्लवलाई क्रान्तिको नेतृत्व गर्न आवश्यकता आएको बताए । ‘क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी तपाईंकाृ काँधमा आएको छ । तपाईंले नेतृत्व गर्नुहोस् ।’, उनले भने, ‘तपाईले सचेत आत्मगत स्थिति तयार पार्नुहोस् । क्रान्तिको बातावरण तयार पार्नसक्ने र क्रान्ति गर्ने पार्टी तपाइं मात्र हो ।’ ‘राष्ट्रिय स्वाधिनता रसमाजवादमा हामीले एक ठाउँमा बसेर बहस गर्न सक्छौं । आजको आवश्यकता भनेको राष्ट्रिय स्वाधिनता र समाजवादका लागि एकजुट हुन जरुररी छ ।’, उनले भने, ‘यसका लागि समाजवादी मोर्चा बनाउन आवश्यकता छ । राष्ट्रियता र समाजवादका लागि हामी एक ठाउँमा आउनुपर्छ । समाजवादी मोर्चा बनाउन पर्छ । सिद्धान्तका विषयमा विस्तारै छलफल गर्दै जाउँ ।’

उनले पार्टी एकताका लागि पहल गर्नुपर्ने समय आएको बताए । ‘हामी पार्टी एकताका विषयमा छलफल गरौं । सकिदैन भने कार्यगत एकताका विषयमा छलफल गरौं ।’, उनले भने, ‘पुरानो अवस्थामा एकता गर्न सकिदैन । यथास्थितिमा पनि एकता सम्भव छैन । नयाँ आधारमा नयाँ एकता गरौं । नयाँ मोर्चा खोलौं ।’ कम्यनिस्टहरु सिद्धान्तलाई बचाउने नाममा जडसुत्रवाद र अतिक्रान्तिकारी सोचको विचमा धेरै ठूलो खाडल रहेको भन्दै यसको अन्त्य हुनपर्ने उनको भनाई छ । बैशाख महिनाभित्र समाजवादी मोर्चा बनाउने तयारी भएको बताउँदै उनले यसका लागि सबैले एक पटक छलफल गर्न पर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित