FLASH NEWS
  • Loading...

लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा पर्यो उजुरी

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • १३५ पटक पढिएको
लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा पर्यो उजुरी

काठमाडौं— चितवन क्षेत्र नं। २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  र उसका अध्यक्ष रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं। २ मा उजुरी दिएका हुन् । मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी उजुरीमा गरिएको छ ।

 

किरण मावि भोजाड मतदान केन्द्रमा विवाद पछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा स्मरण गराइएको छ । उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आादेशमा एक पक्षीय रुपमा मतदाता र मतदान प्रतनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको भन्दै कारबाहीको माग गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित