FLASH NEWS
  • Loading...

कम मत आउँछ भनेर सोचेको ठाउँमा पनि राम्रो मत आइरहेको छ: डा वाग्ले

  • गोल्डेन खबर
  • १ साल अघि
  • २०४ पटक पढिएको
Post Thumbnail

काठमाडौं सोमबार, बैशाख ११ — रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले कम मत आउँछ भनेर सोचेको ठाउँमा पनि राम्रो मत आइरहेको बताएका छन् ।

तनहुँ–१ मा जारी मतगणनामा अहिलेसम्म फराकिलो मतान्तर कायम गरीरहेका वाग्ले आज संचारकर्मी संग गफ गर्दै सो प्रतिक्रिया दिएका हुन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पछ्याइरहेका छन्।विगतमा कांग्रेस र एमालेलाई मत दिएकाहरूले पनि यसपालि रास्वपा उम्मेदवार वाग्लेलाई मत दिएको देखिन्छ।

कम मत आउँछ भनेर सोचेका वडामा पनि हामीलाई राम्रो मत आइरहेको छ,’ वाग्लेले भने, ‘भानु नगरपालिका वडा नम्बर ७ र ८ मा भने सोचेअनुसार हामीलाई मत आएन।’ उनले वडाअनुसार मत विश्लेषण गर्न बाँकी नै रहेको बताए। ‘आँबुखैरेनी गाउँपालिकामा राम्रो मत आउँछ भन्ने हामीलाई थाहा थियो,’ उनले भने, ‘आँबुखैरेनी क्षेत्रमा राम्रो मत आएको छ। यत्रो मतान्तर होला भन्ने मैले सोचेको थिइनँ।’ ब्यास नगरपालिकाका वडाहरूलगायतमा पनि आफूहरूलाई राम्रो मत आउने उनले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित