FLASH NEWS
  • Loading...

नेपालमा उत्पादित विद्युत् बिक्री हुँदैन, बजार छैन भन्ने कुरा झुट होः घिसिङ

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • २३२ पटक पढिएको
नेपालमा उत्पादित विद्युत् बिक्री हुँदैन, बजार छैन भन्ने कुरा झुट होः  घिसिङ

काठमाडौं— नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युत् बिक्री हुँदैन, बजार छैन भन्ने व्यापक चर्चा सत्य नभएको बताएका छन् । उनले भारत र बंगलादेश नेपालको बिजुली किन्न आतुर रहेको पनि बताए।

आइतबार तामाकोशी पाँचौं जलविद्युत आयोजनाको ऋण लगानीका लागि कर्मचारी सञ्चय कोषसँग सम्झौता गर्न आयोजित कार्यक्रममा बोल्दै घिसिङले उक्त कुरा बताएका हुन् । ‘हाम्रो पहिलो प्राथमिकता देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने हो,’ उनले भने, ‘यसका लागि प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार र सुदृढीकरणका काम देशभरी नै भइरहेको छ । देशभित्र खपत गरेर बचेको विद्युत निर्यात गर्ने हो ।’

देशभित्र खपत हुन नसकेको बिजुली निर्यातका लागि बजार खोज्न सकिने भन्दै उनले विद्युत बिक्रीका लागि बजारको जोखिम नभएको दाबी गरे । ‘भारत र बंगलादेशसँगका धेरै बैठकहरुमा भाग लिएपछिको मेरो अनुभवले के भन्छ भने नेपालमा उत्पादित विद्युत् बिक्रीका लागि बजार सुनिश्चित छ । त्यो पनि राम्रो मूल्यमा बिक्री गर्न सकिने देखिएको छ’ उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित