FLASH NEWS
  • Loading...

गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक कुँवरसँग बिच छलफल

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • १२१ पटक पढिएको
गृहमन्त्री श्रेष्ठ र प्रहरी महानिरीक्षक कुँवरसँग बिच छलफल

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग आज छलफल गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा कुँवरको नामसमेत विवादमा आइरहँदा गृहमन्त्रीले उनलाई भेटेका हुन् ।

स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठले ‘प्रहरी मुछिएको’ विषयमा गहिरो चासो राखेका थिए । अनुसन्धान प्रतिवेदनभित्रका सक्कल कागजातहरु अभियोगपत्र दायर नहुँदै सार्वजनिक भएको विषयमा उनले आईजीपीलाई प्रश्न गरेको स्रोतले बतायो । यस्तो कार्य गलत भएको भन्दै श्रेष्ठले सचेत गराएका थिए ।

गृहमन्त्रीसँग भेटेपछि आईजीपी कुँवरले उपत्यका प्रहरी कार्यालयका प्रमुख श्याम ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीसहितका अधिकारीहरुसँग छलफल गरेका छन् । उनले पनि अनुसन्धानका कागजातहरु बाहिरिएको विषयमा असन्तुष्टि जनाएका थिए ।

आईजीपी कुँवरले नक्कली शरणार्थी प्रकरणका आरोपीहरुसँग भेटेको, पक्राउ परेकाहरुलाई यत्तिकै छोडेको, अनुसन्धानको फाइल घरमा लगेको जस्ता अपुष्ट कुराहरु सञ्चारमाध्यममा आइरहेका छन् । आईजीपी कुँवर भने आफूविरुद्ध सुनियोजित षडयन्त्र भइरहेको बताउँछन् ।

कुँवरले नेपाल प्रेससँग भने, ‘म आईजीपी भएपछि नै मान्छे पक्राउ र अनुसन्धानको काम अगाडि बढेको स्पष्टै छ । त्यसैले अहिले बाहिर आएका विषयहरुमा कुनै सत्यता छैन ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्दै छ । यो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने थप १४ जनालाई फरार प्रतिवादी बनाएर अभियोगपत्र दायर गर्न प्रहरीले राय दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित