FLASH NEWS
  • Loading...

चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रर्दशन हुने, टिकट बुकिङ खुल्ला

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • १९३ पटक पढिएको
चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रर्दशन हुने, टिकट बुकिङ खुल्ला

काठमाडौं – बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को टिकट बुकिङ खुला भएको छ । आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त चलचित्रको आजदेखि टिकट बुकिङ खुला भएको हो । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले आज यहाँ पत्रकार सम्मेलन गरी चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली क्षेत्रमा चली आएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ,”– उनले भने ।

चलचित्र डोल्पा जिल्लाको शे–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको निर्माता लामाले बताए । पत्रकार सम्मेलनमा चलचित्र निर्देशक देवजङ्ग थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताए ।

पत्रकार सम्मेलनमा चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, वरिष्ठ कलाकार कृष्ण मल्ल, जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष एवम् सम्पादक रामजी बगाले, फेसियल हाउसकी सञ्चालक सुष्मा महरा,सामाजिक कार्यकर्ता सन्तोष कोइराला,बिकास गुरुङलगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए । चलचित्र निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित