FLASH NEWS
  • Loading...

रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा निवेदन

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १३५ पटक पढिएको
रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा निवेदन

काठमाडौं- रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् ।

उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । ‘मैले आज राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छु’ उनले अनलाइनखबरसँग भनिन्, ‘निवेदनमा तीन तहको अदालतले निरूपण गरिसकेको बिषयलाई राजनीतिको खास्टो ‌ओढाएर माफी मिनाहा नदिन आग्रह गरेकी छु ।’

सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् । १५ फागुन २०७४ देखि थुनामा रहेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित