FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीले भारत भ्रमणबारे राजनीतिक परामर्श लिंदै

  • गोल्डेन खबर
  • १० महिना अघि
  • ११४ पटक पढिएको
प्रधानमन्त्रीले भारत भ्रमणबारे राजनीतिक परामर्श लिंदै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबारे आज राजनीतिक परामर्श लिनेछन्।

उनको सचिवालयको अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नेछन्। उनीहरूलाई दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको छ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आजै पूर्वपराराष्ट्र सचिव, भारतका लागि पूर्वराजदूत र विज्ञहरूसँग पनि परामर्श गर्दैछन्। परामर्श दिउँसो साढे तीन बजेका लागि तय भएको छ। प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमणको तालिका सार्वजनिक गरिएको थियो। शनिबार नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन्।

यस भ्रणमा नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहलगायतका विषयमा समझदारी गर्ने तयारी रहेको बताइएको छ। यद्यपि भ्रमणको एजेन्डा र टोली सदस्यको टुंगो लाग्न भने बाँकी रहेको बताइएको छ। यसबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित