FLASH NEWS
  • Loading...

गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयौँ चुनौती देखिएः प्रधानमन्त्री

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • ६४ पटक पढिएको
गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयौँ चुनौती देखिएः प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयौँ चुनौती देखिएको बताएका छन् । १६औँ गणतन्त्र दिवसका अवसरमा सोमबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न आफूहरूले पहल गरिरहेको पनि बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको उनले उल्लेख गरे । जनताको जीवन र व्यवहारसँग जोडेर यसलाई अझै स्थापित गर्दै लैजानुपर्नेमा उनले जोड दिए । बिनाभेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनु गौरवको विषय भएको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित