FLASH NEWS
  • Loading...

पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय बन्दै

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • २०३ पटक पढिएको
पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय बन्दै

काठमाडौं— ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गरेको छ ।

बुधबार महानगर प्रमुख चिरीबाबु महर्जनले शौचालयको शिलान्यास गरेका हुन्। ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनका अनुसार उक्त शौचालयमा स्तनपान कक्ष समेत रहनेछ । यो शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने बताउँदै उनले भने,‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौं।’ ६ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी महानगरले बनाउन लागेको शौचालय अपांगता र ज्येष्ठ नागरिकमैत्री समेत हुने महर्जनले जानकारी दिए।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरका प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि बढेको बताए । ‘९ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर आव्हान भइसकेको छ,’ उनले भने। बाँकी वडामा पनि क्रमशः निर्माण हुने उनले बताए । शौचालय एक हजार ६६ वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ । ६ वटा युरेनलसहितको ३ पुरुष शौचालय र ६ वटा महिला शौचालय निर्माण हुनेछ ।

त्यसैगरी, उनले एउटा अपाङगतामैत्री शौचालय पनि निर्माण हुने बताए । पर्यटकका लागि शौचालय निर्माण भएको यो पहिलो शौचालय भएको महानगरको दाबी छ। शौचालय निर्माणको जिम्मा पिपिएण्डपी सिर्जनशील जेभीले पाएको छ । महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्रमा अहिले भएका शौचालयहरु यो निर्माण भएपछि भत्काउने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित