FLASH NEWS
  • Loading...

रास्वपाकी सोबिताको आतिथ्यतामा जापानमा क्षेत्रीय भेला हुदै

  • गोल्डेन खबर
  • १० महिना अघि
  • १४४ पटक पढिएको
रास्वपाकी सोबिताको आतिथ्यतामा जापानमा क्षेत्रीय भेला हुदै

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय समितिले जापानको ओसाका शहरमा क्षेत्रीय भेला आयोजना गरेको छ । यही जून महिनाको ३ तारिखको दिन ओसाकाको किन्की क्षेत्रमा भेला आयोजना गरिएको हो ।

रास्वपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोबिता गौतमको आतिथ्यतामा आयोजना हुने भेलाले नेतृत्वसमेत चयन गर्ने प्रवास नेपाली सम्पर्क विभागका केन्द्रीय सदस्य प्रकाश आचार्यले जानकारी दिए । यसैगरी जून ६ तारिखको दिन कान्तो क्षेत्रीय समितिको आयोजनामा नेपाली राजनीतिमा युवाहरुको उपस्थिति र भूमिका विषयमा अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना हुने आचार्यले जानकारी दिए । छोटो समयमा तय कार्यक्रम तय गरिएको भन्दै आचार्यले सबै बौद्धिक व्यक्तित्व, संघसंस्था, राजनीतिक संगठनका प्रतिनिधि, पत्रकार, विद्यार्थी लगायतलाई कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित